महानगरभित्र साप्ताहिक रुपमा लाग्दै आएको हाटबजार नगर प्रहरी लगाएर हटायो

महानगरभित्र साप्ताहिक रुपमा लाग्दै आएको हाटबजार नगर प्रहरी लगाएर हटायो

विराटनगर । कोरोनाको रोकथाम र नियन्त्रणका लागि भन्दै विराटनगर महानगरपालीकाले महानगर क्षेत्रमा लाग्दै आएको साप्ताहिक हाटबजार आजबाट हटाउने निर्णय गरेको छ ।


महानगरपालिकामा शनिबार बसेको सर्वपक्षीय बसेको बैठकमा साप्तहिकरुपमा लाग्ने हाटबजार   बन्द गर्ने निर्णय गरिएको विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीले जानकारी दिनुभयो ।


कोरोना भाईरसको संक्रमणको जोखिम न्युनिकरण गर्ने उद्देश्यले साप्ताहिक हाटबजार तत्कालका लागी केही दिनका लागी बन्द गर्ने निर्णय गरिएको मेयर पराजुलीलले बताउनुभयो । कोरोना भाइरसका कारण सरकारले २५ जना भन्दा बढी मानिस भीडभाड नगर्नु भन्दै आएको छ ।

 

महानगरपालीका छेउमा साप्ताहिक रुपमा शनिबार लाग्दै आएको हाट आज नगर प्रहरी खटाई व्यापार गर्न आएका व्यापारीलाई हटाएको थियो । अचानक महानगरपालीकाले निर्णय गरेका प्रति व्यापारीलाई असन्तुष्ट जनाएका थिए । आफूहरुलाई थाहा नै नदिई आज एकै चोटी हटाउदा बेच्न ल्याएका तरकारी खेरा जाने व्यापारी सितादेवी महतोले गुनासो गरिन् ।

तर यता अन्य भीडभाड हुने विराटनगरका ठूला सपिङ मल भने खुल्ला नै छन् । विराटनगरमा रहेको भाटभटेनी सुपरमार्केट त्यसैगरी सेन्ट्रल मल लगायतका स्थानहरुमा अझै पनि आम सर्वसाधरणको भीड उतिकै मात्रामा देख्न सकिन्छ । २५ जना भन्दा बढी मानिस भीड नगर्नु भनेसँगै यताका सपिङ मलमा भने आज पनि मानिसहरुको भीड छ ।तर यसमा भने सरोकारवालाले भने ध्यान दिन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्