विराटनगरमा कोरोना सम्बन्धि जनचेतनामूलक ब्यानर राख्न सुरु

<span class='c1'>विराटनगरमा कोरोना सम्बन्धि जनचेतनामूलक</span> <span class='c2'>ब्यानर राख्न सुरु</span>

विगत तीन वर्षदेखि सामाजिक कार्यमा सकृय रहदै आएको संस्था परिवर्तनका लागी हातेमालो युएफसीले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिमबाट बच्न जनचेतना जगाउने उदेश्यले विभिन्न जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।

जनचेतनाका निम्ति विराटनगर र यसका आसपासका क्षेत्रमा कोरोना भाइरसका लक्षण तथा बच्ने उपायहरु सहितको ब्यानर बनाएर झुन्डाइएको छ । विराटनगर प्रवेश द्वार, वडा नं. १९ स्थित मिलन चौक, हाटखोला लगायत कटहरी गाँउपालिकाका केही स्थानमा सन्देशमुलक ब्यानर झुन्डाइएको संस्थाका अध्यक्ष विनोद परियारले बताए ।

विशेष गरी फोहोर व्यवस्थापन र सरसफाइको क्षेत्रमा काम गर्ने संस्था यूएफसीले आगामी दिनमा समेत यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने संस्थाका वरीष्ठ उपाध्यक्ष राम पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्