महानगरले भन्यो प्रत्येक पसल अगाडी सावुन पानीले हात धुने व्यावस्था गर्नुहोस

महानगरले भन्यो प्रत्येक पसल अगाडी सावुन पानीले हात धुने व्यावस्था गर्नुहोस

विराटनगर । कोरोना भाइरसको जोखिम न्युनिकरण गर्न महानगरपालिकाले प्रत्येक पसल संञ्चालकहरुलाई सावुन पानीले हात धुने व्यावस्था मिलाउन आग्रह गरेको छ ।

 

[caption id="attachment_113313" align="alignnone" width="2048"] शनिबार महानगरपालीकामा बसेका विभिन्न संघसस्थाहरुको छलफल ।
तस्वीर ः प्रेम देवान आवर विराटनगर[/caption]

महानगरपालिकामा शनिबार बसेको विभिन्न संघसस्थाहरुको उपस्थितीमा बसेको बैठकमा मेयर भीम पराजुलीले त्यस्तो आग्रह गरेका हुन् ।
महानगर क्षेत्रमा रहेका ठूला तथा साना व्यावसाय गरेर संञ्चालन गरेका हरेक व्यावसायीलाई कोरोनाको संक्रमण बढेसँगै हात धुने व्यावस्था मिलाउन आग्रह मेयर भीम पराजुलीले आग्रह गरेका हुन् ।
कुनै पनि पसल गरेका व्यावसायीले हात धुने व्यावस्था नगरे पसल नखोल्न अग्रह गरेका छन् । छलफल कार्यक्रममा यहाका होटल व्यावसायीले अहिले खाली रहेका होटहरुमा समेत क्वारेन्टाईनको लागी राख्नको लागी उपलब्ध गराउन सक्ने होटल व्यावसायी राजन श्रेष्ठले बताए । कोरोनाको सन्त्रासका कारण अहिले यहाका होटलहरु सबै खाली रहेका कारण आफूहरु क्वारेन्टाईनको लागी कोठाहरु उपलब्ध गराउन सक्ने श्रेष्ठले बताए । यता प्यावसन नगर अध्यक्ष ईन्द्र राईले महानगर भित्र बसोबास गर्ने प्रत्येक नगरबासीको घरमा गएर कोराना रोकथाम तथा न्यूनिकरण सम्बन्धी सचेतना अपनाउन आग्रह गरे ।
यसैविच महानगरले अन्य विराटनगरका अन्य ६ स्थानमा हेल्थ डेस्क राख्ने तयारी गरेका छ । महानगर भित्र प्रवेस गर्ने मुख्य नाका बुधहाट चोक , हनुमान मान्दिर , पुष्प लाल चोक, पस्चिम सुनसरीबाट प्रवेश गर्ने केसलिया मार्ग, जामुनगाछी र भातिगछका स्थानहरुमा हेल्थ डेस्क राख्ने तयारी रहेको महानगरले जनाएको छ ।
यस अघि महानगरले प्रदेश सरकारसँग मिलेर जोगबनी बोर्डर र विराटनगर विमानस्थलमा हेल्थ डेक्स राखिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्