विराटनगर पनि कोरोनाको जोखिममा ,खुल्ला सिमाना मुख्य कारण

विराटनगर पनि कोरोनाको जोखिममा ,खुल्ला सिमाना मुख्य कारण

विराटनगर चैत्र ९ ,  विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३ हजार नाघेको छ । पछिल्लो समय चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण विभिन्न देशमा तीव्र गतिमा फैलिरहेको अवस्थामा भारतको बिभिन्न राज्यमा पनि तिव्र गतिमा फैलने क्रममा छ ।

नेपालमा अहिलेसम्म यसको महामारी नरहेपनि सम्भावित जोखिम भने कायम रहेको छ । भारतसंग जोडिएको जोगबनी नाकामा सम्भावित जोखीम न्युनिकरणको लागि अपनाउनु पर्ने पर्याप्त सर्तकता अपनाइएको छैन । जसले गर्दा महामारीको त्रास यो नाका आसपास छाएको छ । कोरोना भाइरसको संक्रमणको सन्त्रास बढेसँगै अहिले भारतबाट नेपाल आउनेको संख्या बढेको छ ।

जोगबनीसंगै रहेको प्रदेश नम्बर १ को राजधानी विराटनगर पनि कोरोनाको उच्च जोखिममा रहेको अनुमान गरिएको छ । विराटनगर महानगरपालीको तथ्याङक् अनुसार विहीबार मात्र २४ हजार १ सय २३ जना भारतबाट नेपाल आउने मानिसको संख्या रहेको छ । विराटनगर महानगरपालीकाले नेपाल प्रवेश गर्ने स्थान जोगबनी रानी बोर्डरमा राखिएको डेल्थ डेक्समा गरिएको इन्फ्रा थर्मोमिटरबाट ज्वरो परीक्षण गरिदै आएको छ ।तीव्र गतिमा विभिन्न देशमा फैलिरहेको कोरोना भाइरसको रोकथामका लागिल पर्याप्त सर्तकता अपनाउन यसको प्रभावकारी व्यवस्थापन हुन सकेको छैन । नाकामा कडाईका साथ चेकजाँच  लागु गर्न नसक्दा जोखीम बढेको हो । कोरोना संक्रमित पर्यटकहरु नेपाल भित्रिने आशंका उत्तिकै रहेको सरोकारवालाको चिन्ता छ ।

भारतको बिहारमा एकको मृत्यु 

भारतको बिहारमा कोरोना भाइरस (कोभिड १९) का कारण एकजनाको मृत्यु भएको छ ।बिहारको राजधानी पटनाको एम्स अस्पतालमा कोरोना भाइरसका कारण एकजनाको मृत्यु भएको हो ।स्थानीय पत्रकार नीरज हायका अनुसार मृतक मुगेंरमा बस्दथे । पछिल्लो दिन उनी कतारबाट फर्किएका थिए ।

उनको मृत्यु शनिबार बिहान भएको थियो । पछि उनको रिपोर्टमा कोरोना भाइरस पोजेटिभ देखिएको थियो ।उनको किड्नी फेल भएको थियो । यसका साथै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ ।बिहारमा कोरोना संक्रमित अर्का व्यक्ति एनएमसीएचको आइसोलेशन वार्डमा छन् । उनी स्कटल्याण्डबाट फर्किएका थिए ।

आइतबार भन्दा अघि बिहारमा कोरोना भाइरस संक्रमणका कुनै घटना थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्