मास्क अभाव भइरहेकोबेला विराटनगरमा लुकाएर राखेको अवस्थामा भेटियो ११ हजार पिस मास्क

मास्क अभाव भइरहेकोबेला विराटनगरमा लुकाएर राखेको अवस्थामा भेटियो ११ हजार पिस मास्क

विराटनगर । मुलुकभर नै अभाव भइरहेको सर्जिकल मास्क लुकाएर राखेको अवस्थामा ११ हजार बढी मास्क र ४ सय सेनिटाइजर अनुगमनको टोलीले बरामद गरेको छ ।

विराटनगर महानगरपालिका–९ घोगापैनीस्थित श्री सर्जीइम्पेक्सले लुकाएर राखेको अवस्थामा आईतबार सर्जिकल मास्क र सेनिटाइजर अनुगमन टोलीले बरामद गरेको हो


बजारमा मास्क र सेनिटाइजरको कालोबजारी भइरहेको बिषयमा सरोकारवालाहरुले गुनासो गरिरहेको बेला विराटनगर महानगरपालिकाका प्रतिनिधी, औषधी व्यवस्था विभाग र प्रहरी समेतको अनुगमन टोलीले मास्क बरामद गरेको हो ।
अनुगमन टोलीले सर्जिकल सामान र औषधीको थोक विक्रेता रहेको श्री सर्जीइम्पेक्सको गोदाममा लुकाएर राखेको ११ हजार ३ सय ५० थान मास्क र ४ वटा काटुनमा २ पिस हातसफा गर्ने सेनिटाइजर बरामद गरेको हो ।


राजेस अग्रवालले संचालन गरेको श्री सर्जीइम्पेक्सको गोदावबाट बोरा भित्र लुइराखेको अवस्थामा अनुमगनको टोलीले फेला पारेको विराटनगर महानगरपालीकाका फोकल पर्सन रमेश कार्कीले बताउनुभयो । श्री सर्जिइम्पेक्सबाट बरामद सेनिटाइजरमा एमआरपी मुल्यसमेत नखुलेको अवस्थामा अनगमनका क्रममा भेटिएको कार्कीले बताउनुभयो ।
बजारमा अभाव भइरहेको सर्जिकल मास्क लुकाएर राख्ने श्री सर्जीइम्पेक्सका संचालक राजेस अग्रवाललाई जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले नियन्त्रणमा लिएको छ ।


जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डिएसपी मानबहादुर राईको नेतृत्वमा आएको टोलीले नियन्त्रणमा लिएको हो । कालो बजारीमा संलग्न अग्रवालाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ खण्ड ङ को कसुर बकोजिमको कसुर गरिएको देखिएकाले सोही ऐनको दवा ३९ को उपदफा १ खण्ड ख अनुसार ३ लाख जरीवाना सहित कारबाही गरिने वार्णिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका कार्यालय प्रमुख हिमालय बरालले जानकारी दिनुभयो ।

कोरोना भाइरस संक्रमणविरुद्ध सर्वसाधारणले प्रयोग गर्ने मास्क र सेनिटाइजरलाई अत्यावश्यक वस्तुसरह लिइएको छ । तर औषधी विक्रेताहरुले भने प्रकोपको बेलालाई समेत कमाउ धन्दाका रुपमा प्रयोग गर्ने यस्ता संचालकहरुलाई कडा भन्दा कडा कारबाही गर्नु आवश्यक देखिन्छ । यसैविच अनुगमनको टोली विराटनगरको अन्य स्थानमा समेत अनुमगन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्