कोरोनाबारे जनचेतना फैलाउदै विवेकशील नेपाली दल : प्रदेश १ मा बनायो हटलाइन डाक्टर टिम

कोरोनाबारे जनचेतना फैलाउदै विवेकशील नेपाली दल : प्रदेश १ मा बनायो हटलाइन डाक्टर टिम

विराटनगर चैत्र १० ,

विश्व नै कोरोना भाइरसको त्रासमा रहेको बेला नेपालको वैकल्पिक शक्तिको रुपमा आफुलाई चिनाउने विवेकशील नेपाली दलले कोरोना नियन्त्रण तथा जनचेतनाको लागि काम अगाडी बढाएको छ ।

विवेकशील नेपाली दलले नेपालभरको लागि कोरोना भाइरस जनचेतना हटलाइन सुरु गरेको छ । यस्तै विवेकशील नेपाली दल प्रदेश नम्बर १ ले पनि कोरोना भाइरसबारे जनचेतना फैलाउन तथा केहि जिज्ञासा भए सम्पर्क गर्न डाक्टर सहितको टिम बनाएको छ ।

कसैलाई लागेको प्रश्न, जिज्ञासा अथवा कोहीलाई आपत् परेको छ भने मेसेज, फोन गर्न सकिने गरि टिम बनाएको दलका राष्ट्रिय अध्यक्ष मिलन पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्