विराटनगरसँग जोडिएको जोगबनी नाका पनि बन्द गरियो, नाकामा सेना परिचालन

विराटनगरसँग जोडिएको जोगबनी नाका पनि बन्द गरियो, नाकामा सेना परिचालन

विराटनगर । विराटनगरसँग जोडिएको जोगबनी तथा आसपासका नाकाहरु आज बिहान १० बजेदेखि पूर्णरुपमा बन्द गरिएको छ । खुल्ला नाका पुर्ण बन्द गराउन नेपाली सेना परिचालन गरिएको छ । भारतसंग विराटनगरका ४ वटा वडाको सिमा जोडिएको विराटनगर महानगरले सीमाबाट यात्रु आवागमन रोक्ने सरकारको निर्णयको स्वागत गरेको छ । सरकारले भारत र चीनतर्फका सबै सीमा नाकामा यात्रु आवागमन एक सातासम्म रोक्न गरेको निर्णयको विराटनगर महानगरले स्वागत गरेको हो ।


विराटनगर महानगरको दक्षिणतर्फका चारवटा वडाहरु १५,१६,१७,१८ भारतको सिमासँग जोडिएको छ । भारतमा कोरोना सक्रमण फैलदै गर्दा महानगर चिन्तित भएको थियो । सिमावर्ती क्षेत्रमा कोरोना सक्रमण बढीरहदा हामीले पूणरुपमा सीमानाका बन्द गर्नु पर्छ भन्ने पक्षमा आवाज उठाइरहेका थियौ “विराटनगर महानगरका मेयर भीम पराजुलीले भने ,,। सरकारले ढिलो भए पनि सीमा बन्द गर्ने स्वागतयोग्य निर्णय गरेको बताए । उनले समय अनुकुल नभए सम्म सीमा नखोल्न सरकार संग आग्रह गरे ।


यो संगै महानगरले सर्बपक्षिय भेला गरी संघीय सरकारलाई सीमाक्षेत्र बन्द गर्न भन्ने आग्रह सहितको पत्र लेखेर पठाएको थियो । यस संगै आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले आज चैत १० गते विहान १० बजेबाट एक साता अर्थात १६ गतेसम्म सबै अन्तर्राष्ट्रिय नाकाबाट यात्रु आवागमन स्थगित गर्ने निर्णय गरेको छ । चौतर्फी दवाव संगै नेपाल सरकारले एक साताका लागि चीन र भारततर्फका सबै सीमा नाका बन्द गर्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्