ब्रेकिङ समाचार : विराटनगर महानगरपालिका मंगलबारदेखि लकडाउन गर्ने घोषणा

ब्रेकिङ समाचार : विराटनगर महानगरपालिका मंगलबारदेखि लकडाउन गर्ने घोषणा

विराटनगर चैत १०,

विराटनगर महानगरपालिका चैत ११ गतेदेखि कोरोना भाइरसको संक्रमण हुन नदिन "लकडाउन" गरिने भएको छ । विराटनगर महानगरपालिका मेयर भिम पराजुलीले आज उहाँको कार्यकक्षमा गर्नुभएको पत्रकार भेटघाटमा उक्त कुरा जानकारी गराएका हुन ।

विराटनगरमा अत्यावश्यक कुरा बाहेक सबै सेवा बन्द गरिने साथै सर्वसाधारणलाई घर बाहिर ननिसक्न आवहान समेत गरेको छ ।" यो विराटनगर महानगरको लकडाउन हैन सम्पुर्ण जनताको लकडाउन हो, आफ्नो स्वास्थ्यको लागि सबै क्षेत्र बन्द गर्न लागिएको हो" मेयर पराजुलीले बताए ।

भारतीय सिमा नजिक रहेको हुनाले विराटनगर पनि कोरोना भाइरसको उच्च जोखिममा रहदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्