विराटनगरमा कोरोना भाइरस संक्रमणको त्रास गुद्रिबजार देखि सिटि सफारीसम्म

विराटनगरमा कोरोना भाइरस संक्रमणको त्रास गुद्रिबजार देखि सिटि सफारीसम्म

एन्जु शिवाकोटी
विराटनगर । कोरोना भाइरस संक्रमणको त्रास गुद्रिबजार देखि सिटी सफरी सम्म परेको छ । विराटनगर महानगरपालिकाले गुद्रिबजार बन्द गर्ने निर्णय गरे पनि आधिकारीक रुपमा भने गुद्रि बजार बन्द भएको छैन । बन्द नभए पनि गुद्रि बजार अन्य दिन सधै भिडभाड हुने गुद्रिबजारमा मानिसहरुको चहलपहल निकै पातलो देखिएको छ ।

विश्वभरी फैलिरहेको महामारीले गुद्रिबजारमा आलु,प्याज चार/पाँच दिन पुग्ने स्टकमा रहेको सब्जी मण्डी तथा गुद्रि बजारका अध्यक्ष पशुपति भगतले जानकारी दिए । उनले भने, ‘ हाम्रो सरकारले सुरक्षा व्यवस्ता राम्रो गरिदियोस्, बाच्न त एक छाक खाएर पनि बाचिन्छ ।’ सरकारले नाका बन्द गरे पनी तरकारीको लागी खुल्ला गरिदिए हुने भन्ने उनको गुनासो रहेको छ ।

गुद्रि बजारमा ९० प्रतिशत तरकारी भारतबाट आयात हुने गरेको उनको भनाई छ ।
त्यसैगरी गुद्रि बजारमा लामो समयदेखि व्यापार गर्दै आएकी इन्दु देवि पासवान भन्छिन्, ‘सरकारले केही व्यवस्था गरेेेको छैन तरकारी बेच्न न आए के खानु’ व्यापार छैन, मान्छे डराई डराई आउछन् ।’ पहिला दैनिक रुपमा ६ हजारसम्मको आमदानी गर्दै आएकी पासवान २ हजार पनि कमाई नहुने बताउछिन् ।
गुद्रि बजारमा मात्र हैन कोरोना भाइरसको जोखिमका कारण विराटनगर बजार सुनसान हुदै गई रहेको छ ।विराटनगर कालिमन्दिर छेउमा कपडा पसल ५ बर्ष देखि सञ्चालन गर्दै आएका आलोक शाह भन्छन् , ‘पहिला भन्दा ५० प्रतिशतले व्यापारमा कमि आएको छ, डरका कारण मान्छे आउन्न छाडेका छन् ।

त्यसै गरी ३ बर्ष देखि सफारी चलाउदै आएका महेश ताजपुरीया भन्छन्,‘ कमाइमा असर परेको छ कोरोना भाइरसको त्रासले, पहिला खुल्ला रुपमा सफारी चलाइन्थ्यो आजभोली डराएर चलाउनु पर्छ ।’ पहिला दिनमा १८ सय देखि २ हजार सम्मको कमाई हुन्थ्यो भनी आजभोली १ हजार देखि १२ सय सम्म हुने गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्