सबैले बुझ्नुपर्ने : कोरोना परिक्षण गरिने ‘र्‍यापिड’ र ‘पीसीआर’ परीक्षण भनेको के हो ?

सबैले बुझ्नुपर्ने : कोरोना परिक्षण गरिने ‘र्‍यापिड’ र ‘पीसीआर’ परीक्षण भनेको के हो ?

प्रज्ञा तिमल्सिना ।

मानिसको शरीरमा कोरोनाभाइरस भए/नभएको पत्ता लगाउने प्रमुख विधि ‘पीसीआर’ र ‘र्‍यापिड टेस्ट’ हो ।

र्‍यापिड टेस्ट रगतबाट परीक्षण गरिन्छ भने पीसीआरमा घाँटी वा नाकको स्वाबको परीक्षण गरिन्छ ।चिकित्सकहरुकाअनुसार पीसीआर परीक्षणले कोरोनाभाइरस भए/नभएको ५० देखि ८० प्रतिशतमात्र पत्ता लगाउन सक्छ भने र्‍यापिड टेस्टले त्योभन्दा कम देखाउन सक्छ ।

र्‍यापिड टेस्ट एक किसिमको ‘सेरोलोजिकल टेस्ट’ हो । जसले रगतमा रहेको ‘एन्टीबडीज’लाई पत्ता लगाउँछ भने पीसीआर टेस्टले जीवित भाइरसको ‘जिन’लाई ।

मानिसको शरीरमा कोरोनाभाइरस प्रवेश गरेको छ भने त्यसविरुद्ध एन्टीबडीज बनाउन कम्तीमा पनि पाँच दिन लाग्न सक्छ ।एन्टीबडीज कुनैपनि भाइरस या व्याक्टेरियाविरुद्ध शरीरले बनाउने एक किसिमको प्रोटिन हो । यो अवधिमा र्‍यापिड टेस्ट गर्दा कोरोना संक्रमण ‘नेगेटिभ’ देखिन सक्छ । तर, स्वाब परीक्षणमा भने ‘पोजिटिभ’ देखिन सक्ने चिकित्सकहरु बताउँछन् ।

कोरोना संक्रमण भएपनि बलियो प्रतिरोधात्मक क्षमता भएका व्यक्तिबाट अरुमा नसर्न पनि सक्छ । सो समयमा र्‍यापिड परीक्षण गर्दा कोरोना पोजिटिभ देखिने गर्छ ।तर, पीसीआरमा स्वाब परीक्षण गर्दा भने रिपोर्ट नेगेटिभ पनि देखिन सक्छ । पीसीआर नेगेटिभ हुनुको अर्थ त्यस्ता व्यक्तिले अरुलाई संक्रमण सार्न सक्ने सम्भावना अत्यन्त न्यून हुन्छ ।

र्‍यापिड परीक्षणमा पोजिटिभ र पीसीआरमा नेगेटिभ देखिनु भनेको सो व्यक्तिमा कोरोना संक्रमण भएर पनि ठिक भइसकेको हो ।र्‍यापिडमा पोजिटिभ देखिएको संक्रमण पीसीआर परीक्षणमा पनि पोजिटिभ देखियो भनेमात्र उक्त व्यक्तिले भाइरस अन्य व्यक्तिलाई सार्न सक्छ । त्यसैले र्‍यापिड परीक्षणमा पोजिटिभ देखिँदैमा नआत्तिन चिकित्सकहरुले आग्रह गर्ने गरेका छन् ।

तर, र्‍यापिड परीक्षणमा कोरोना संक्रमण देखिएको व्यक्तिको ६ देखि ८ महिनासम्म पनि कोरोना पोजिटिभ संक्रमण देखिन सक्छ । तर, उनीहरुले अरु व्यक्तिलाई भने संक्रमण सार्न सक्दैनन् ।

एकपटक कोरोनाभाइरसलाई जितेर स्वस्थ बनेको व्यक्तिलाई पुनः कोरोनाभाइरसको संक्रमण भने देखिँदैन ।शरीरले भाइरसविरुद्ध एन्टीबडीज बनाएकाले सोही व्यक्तिमा कोरोना संक्रमण नदेखिने चिकित्सकहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्