विराटनगर ल्याइका संक्रमितहरु लकडाउन अगाडि नै नेपाल आएका थिए, अंग्रेजी बोल्न दख्खल

विराटनगर ल्याइका संक्रमितहरु लकडाउन अगाडि नै नेपाल आएका थिए, अंग्रेजी बोल्न दख्खल

विराटनगर । रातीको ११ बजेको थियो, ४ वटा एम्बुलेन्सहरु साईरन बजाउँदै बिराटनगरको नेशनल ट्रेडिङको भवनमा आईपुग्यो । सँगै प्रहरीको गाडीले उनीहरुलाई स्कर्टिङ गरेर ल्याएको थियो । यसरी आएको ३ वटा एम्बुलेन्समा कोरोनाको पोजेटिभ देखिएका थिए भने अर्को एउटा एम्बुलेन्समा भने कोरोना नेगेटिभ देखिएका ब्यक्ति थिए । १२ जनाको रिपोर्ट पोजेटिभ आएपछि प्रदेश सरकारले स्थापना गरेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उनीहरुलाई पर्खिएर बस्नेमा कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा संगिता मिश्र लगायत थुप्रैको उपस्थिती थियो ।

पहिलो पटक यसरी ठुलो संख्यामा कोरोनाको पोजेटिभ देखिएपछि उनीहरुलाई ब्यवस्थित गर्नको लागि राती १२ बजेसम्म लागेको कोशी अस्पतालकी मेसु मिश्रले बताउनु भयो ।
त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा रहेका १२ जना सहित अन्य ४ जनालाई पनि ल्याईएपछि पोजेटिभ भएकालाई कोभिड उपचार केन्द्रमा राखिएको र बाँकीलाई मोरङको टाँडीमा रहेको क्वारेन्टिनमा पठाईएको छ ।

कोरोना संक्रमित १२ जनालाई लिएर आएका चालकहरु सेतो प्लाष्टिकको पिपिईमा देखिन्थे । उनीहरुमा त्रास जस्तो देखिन्थ्यो । ३ वटा एम्बुलेन्सका बिरामीलाई कोभिड अस्पतालमा राखियो पछि रिपोर्ट नेगेटिभ देखिएका एम्बुलेन्सलाई टाँडी पठाउने बेलामा केही समस्या देखिएको थियो । एम्बुलेन्सका चालकले आफुहरु बाध्यताको बिचमा बिरामी बोक्नु परेको गुनासो समेत गरेका थिए ।
उपचारको लागि कोभिड अस्पतालमा भर्ना भएका १२ जना ब्यक्तिहरु मुस्लीम जमाती समुहको भएको उनीहरुले बताएका छन् । चामल, चुलो, दाल लगायतका खाद्य सामाग्री समेत बोकेर हिँडेका उनीहरुले आफुहरु सार्बजनिक सवारी साधनमा भने नचढेको बताएको कोशी अस्पतालकी मेसु मिश्रले बताउनु भयो ।

धर्म प्रचारको क्रममा बिराटनगरको महजीद, ईनरुवा, सप्तरी तथा उदयपुरका मस्जीदमा घुमेको पाईएको मिश्रले बताउनुभयो ।
बिराटनगरको जोगवनी हुँदै नेपाल प्रबेश गरेका उनीहरु डिसेम्बर ३१ मा नेपाल आएको पाइएको मिश्रले बताउनुभयो । कमै मात्र हिन्दी बोल्ने यी मुस्लीम समुदायका ब्यक्ति अंग्रेजीमा भने दख्खल देखिएका छन् । लकडाउन भन्दा अगाडी नै नेपाल प्रबेश गरेका यी ब्यक्तिहरुमा कहाँबाट कोरोनाको संक्रमण सर्यो भन्ने बारेमा भने खोजी शुरु भएको छ ।

डाक्टरलाई पनि क्वारेन्टाईन
कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा कोरोना संक्रमित बिरामी ल्याईएसँगै चिकित्सकको आवासको पनि बन्दोबस्त मिलाईएको छ । चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि जैन भवनमा आवासको व्यवस्था गरिएको हो ।

तेरापन्थी सभा भवनले कोभिड १९ को उपचारमा खटिएका चिकित्सक तथा स्वाथ्यकर्मीका लागि नि : शुल्क आवासको व्यवस्था गर्ने घोषणा गरेको थियो । कोरोना पुष्टि भएका बिरामीहरु आएपछि स्वास्थ्यकर्मीको लागि सोही भवनमा ब्यवस्थापन गरिएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिनुभयो ।

स्वास्थ्यकर्मी तथा चिकित्सकका लागि १९ वटा कोठामा १÷१ जना राखिने जनाईएको छ । कोभिड १९ उपचार केन्द्रमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीलाई कोरोनाको उपचार समाप्त नहुन्जेल सम्मका लागि यही तेरापन्थी सभा भवनमा ब्यवस्थापन गरिने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्