बंगलादेशमा देशव्यापी लकडाउन आगामी वैशाख २३ गतेसम्म लम्बिने

बंगलादेशमा देशव्यापी लकडाउन आगामी वैशाख २३ गतेसम्म लम्बिने

ढाका । बंगलादेश सरकारले कोरोनाभाइरस संक्रमित संख्या बढेको भन्दै देशव्यापी लकडाउनलाई आगामी वैशाख २३ गतेसम्म लम्ब्याएको छ ।

बंगलादेशका सामान्य प्रशासन राज्यमन्त्री फरहाद होसेनले कोरोनाभाइरसको विस्तार रोक्न लकडाउन एकमात्र उपयुक्त विधि देखिएको भन्दै बिहीबार नै यससम्बन्धी सूचना राजपत्रमा प्रकाशन गरिने बताए ।

कोरोनाभाइरस महामारीको अवस्थामा सामाजिक दूरी सुनिश्चित गर्न सरकारले मार्च २६ देखि १० दिनका लागि सार्वजनिक विदा दिएको थियो ।

कोरोनाको संक्रमण बढ्दै गएसँगै उक्त विदालाई क्रमशः विस्तार गर्दै अप्रिल २५ सम्म पु–याइएको थियो । अर्को सातासम्ममा मानिसको आवातजावत, सार्वजनिक यातायातको बन्दाबन्दी तथा सबै व्यवसाय बन्द गरिएको एक महिना पुग्नेछ ।

करिब १७ करोड जनसंख्या रहेको बंगलादेशमा बुधबारसम्ममा कोरोनाभाइरसका कारण १२० जनाको मृत्यु भएको छ भने तीन हजार ७७२ जना संक्रमित भएका छन् । - एएनआई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्