विश्वभर फैलिएको कोरोना संक्रमितको संख्या २८ लाख २७ हजार बढि

विश्वभर फैलिएको कोरोना संक्रमितको संख्या २८ लाख २७ हजार बढि

महामारीका रुपमा विश्वभर फैलिएको कोरोना संक्रमितको संख्या २८ लाख २७ हजार ८ सय नाघेको छ । चीनको वुहानबाट संक्रमण फैलिए पछि आजसम्मको तथ्यांक हो यो ।

पछिल्लो २४ घण्टामा मात्रै १ लाख ४ हजार ८४० मा कोरोनाको संक्रमण पहिचान भएको छ । यसमा अमेरिकामा मात्रै ३७ हजार ९८८ जनामा कोरोनाको संक्रमण देखिएको  छ ।

कोरोनाका कारण आज विहानसम्म १ लाख ९७ हजार भन्दा धेरैको ज्यान गइसकेको छ । अमेरिकामा मात्रै ५२ हजार भन्दा धेरैको कोरोनाका कारण मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा ६ हजार १६५ कोरोना संक्रमितको ज्यान गएको छ ।

हाल १८ लाख ३२ हजार कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये साढे ५८ हजारको अजस्था गम्भीर रहेको छ । बाँकीको स्वास्थ्य अवस्था मध्यम रहेको तथ्यांक छ । ७ लाख ९८ हजार भने निको भएर घर फर्किसकेका छन् ।

नेपालमा हालसम्म ४९ जनामा कोरोनाको संक्रमण देखिएको छ । जसमध्ये १० जना निको भएर घर फर्किसकेका छन् । ३९ जनाको उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिले ८९ जना आइसोलेसनमा छन् भने १२ हजार ९८५ क्वारेन्टाइनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्