भारतमा शुक्रबार हालसम्मकै सर्वाधिक ५९ जनाको कोरोना संक्रमणकै कारण मृत्यु

भारतमा शुक्रबार हालसम्मकै सर्वाधिक ५९ जनाको कोरोना संक्रमणकै कारण मृत्यु

भारतमा कोरोना भाइरस संक्रमणको गति बढिरहेको छ । शुक्रबार एकै दिन त्यहाँ हालसम्मकै सर्वाधिक ५९ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

वर्ल्डाेमिटर्सकाे तथ्यांक अनुसार भारतमा हालसम्म काेराेना संक्रमणका कारण ७८० जनाकाे मृत्यु भएकाे छ । त्यहाँ काेराेना संक्रमितकाे संख्या पनि २४ हजार ४४७ पुगेकाे छ ।

शुक्रबार एकै दिन भारतमा १ हजार ४०८ नयाँ संक्रमित फेला परेका छन् । साथै ५ हजार ४९६ जना भने पूर्ण रूपमा निकाे पनि भइसकेका छन् । बाँकी १८ हजार १७१ जना संक्रमित हाल उपचाररत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्