विश्व कोरोना अपडेट : ज्यान गुमाउनको संख्या २ लाख ३ हजार नाघ्यो

विश्व कोरोना अपडेट : ज्यान गुमाउनको संख्या २ लाख ३ हजार नाघ्यो

महामारीका रुपमा विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनको संख्या २ लाख नाघेको छ । आज बिहानसम्म कोरोनाका कारण ज्यान गुमाउनको संख्या २ लाख ३ हजार १३७ पुगेको छ ।

सबैभन्दा धेरै अमेरिकामा ५४ हजार २४६ को ज्यान गएको छ । यस्तै कोरोनाको संक्रमणका कारण इटलीमा २६ हजार ३८४, फ्रान्समा २२ हजार ६१४, स्पेनमा २२ हजार ९०२ तथा बेलायतमा २० हजार ३१९ को मृत्यु भइसकेको छ ।

१८ लाख ७८ हजार ३५१ कोरोना संक्रमितको उपचार भइरहेको छ । ५८ हजार १७८ को अवस्था गम्भीर रहको छ भने बाँकी उपचाररतको अवस्था मध्यम रहेको छ ।

नेपालमा भने हालसम्म कोरोनाका कारण कसैले पनि ज्यान गुमाउनु परेको छैन । ४९ जनामा कोरोाना संक्रमण देखिएको छ । जसमध्ये १२ जना निको भएर घर फर्किसकेका छन् । उपचाररतको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ८७ जना आइसोलेसनमा छन् । १४ हजार ७३१ क्वारेन्टाइनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्