जेनेभा । महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभर दुई लाख ११ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ भने ३० लाख मानिस संक्रमित भएका छन् ।
कोरोनाभाइरस सम्बन्धी तथ्याँक उपलब्ध गराउँदै आएको वल्र्डओमिटर्स डट इन्फोका अनुसार हालसम्म विश्वभर ९ लाख २२ हजार ३८७ जना उपचारपछि घर फर्किएका छन् ।
अझै पनि ५६ हजार ३०० जनाको स्वास्थ्य अवस्था निकै नाजूक अवस्थामा रहेको छ । हाल संक्रमित कूल संक्रमित ३० लाखमध्ये करिब १८ लाख ७५ हजार अर्थात् झण्डै ९७ प्रतिशतको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।