विराटनगरसंग सिमा जोडिएको भारतको बिहार राज्यमा कोरोना निकै चाडो फैलने क्रममा रहेको छ । दैनिक संक्रमितको संख्या बढिरहेको छ । बिहार राज्यमा भारतीय संचार मध्यमका अनुसार हालसम्म ३४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने बिहार राज्यमा दुइ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।
भारतमा सबैभन्दा बढी महाराष्ट राज्यमा ८ हजार ५ सय ९० जना कोरोना संक्रमित देखिएका छन् । भारतमा कुल २९ हजार ४ सय ५५ जनामा कोरोना देखिएको छ भने ९४४ जनाको ज्यान गएको छ ।