कुवेतमा थप २२ जना नेपाली कोरोना संक्रमित, संक्रमण हुनेको संख्या ५१

कुवेतमा थप २२ जना नेपाली कोरोना संक्रमित, संक्रमण हुनेको संख्या ५१

एकै दिन कुवेतमा २२ जना नेपाली कोरोना भाइरसको नयाँ संक्रमित फेला  परेका छन् । नेपाली राजदूतबासका अनुसार पछिल्लो पटक परिक्षण गरिएका मध्येमा २२ जनाको कोराना भाइरस पोजेटिभ रिपोर्ट आएको हो ।

यो सँगै कुवेतमा रहेका नेपालीमा संक्रमण हुनेको संख्या ५१ पुगेको छ । यसअघि २९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

झण्डै ७० हजार नेपाली कुवेतमा श्रमिकको रुपमा कार्यरत छन्। हालसम्म कुवेतमा जम्मा ३ हजार ४ सय ४० जना कोरोना संक्रमित फेला परेका छन् । जसमा २३ जनाको ज्यान गइसकेको छ । १ हजार ११७ जना निको भएर घर फर्किसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्