रसियाका प्रधानमन्त्री मिखाइल मिशुस्टिलाई कोरोना भाइरस संक्रमण पुष्टि

रसियाका प्रधानमन्त्री मिखाइल मिशुस्टिलाई कोरोना भाइरस संक्रमण पुष्टि

एजेन्सी । रसियाका प्रधानमन्त्री मिखाइल मिशुस्टिलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ ।

प्रधानमन्त्री मिखाइललाई बिहीबार गरेको परीक्षणमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । बिहीबार मात्र रुसमा ७ हजार ९९ जना नयाँ संक्रमितहरु देखिएका थिए ।

सोही क्रममा प्रधानमन्त्री मिखाइलमा पनि संक्रमण भएको पुष्टि भएको छ । प्रधानमन्त्री मिखाइल बेलायतका प्रधानमन्त्री बोरिस जोनसनपछि कोरोना संक्रमित हुने विश्वका दोश्रो उच्च तहका नेता हुन् । त्यसअघि जोनसनबाहेक उच्च तहका नेताहरु संक्रमित भएका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्