विश्व : कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २ लाख ३९ हजार

विश्व : कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २ लाख ३९ हजार

कोरोना भाइरस (कोभिड–१९)बाट ज्यान गुमाउनेको संख्या २ लाख ३९ हजार नाघेको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाको संक्रमणका कारण शनिबार बिहानसन्म कोरोनाका कारण २ लाख ३९ हजार ५६६ जनाको ज्यान गएको हो ।

सबैभन्दा धेरै अमेरिकामा ६५ हजार ७५३ जनाले कोरोना संक्रमणका कारण ज्यान गएको छ । इटलीमा २८ हजार २३६, बेलायतमा २७ हजार ५१०, स्पेनमा २४ हजार ८२४ तथा फ्रान्समा २४ हजार ५९४ जनाको कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ ।

३४ लाखमा कोरोनाको संक्रमण देखिसकेको छ । अमेरिकामा सबैभन्दा धेरै ११ लाख ३१ हजारमा यो संक्रमण देखिएको छ । १० लाख ८० हजार कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्किसकेका छन् ।

२० लाख ८० हजार संक्रमितको उपचार भइरहेको छ । यसमध्ये ५१ हजार ३०० को अवस्था गम्भीर रहेको छ बाँकीको मध्यम रहेको छ ।

जनवरीको पहिलो हप्ता चीनको वुहानबाट सुरु भएको यो कोरोनाको संक्रमण चीनमा भने नियन्त्रणमा आइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्