भारतमा कोरोना भाइरसको संक्रमणका कारण १ हजार २१८ को मृत्यु

<span class='c1'>भारतमा कोरोना भाइरसको संक्रमणका कारण</span> <span class='c2'>१ हजार २१८ को मृत्यु</span>

भारतमा कोरोना भाइरसको संक्रमणका कारण १ हजार २१८ को मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २ हजार २९३ जना नयाँ संक्रमितको पहिचान भएको छ । भारतमा कोरोना संक्रमितको संख्या ३७ हजार ३३६ पुगेको छ । ९ हजार ९५० उपचार पछि निको भएका छन् ।

भारतमा केन्द्रीय सरकारले जारी लकडाउनलाई दुई हप्ता बढाएर १७ मे सम्म पुर्याएको छ । भारतमा यो लकडाउनको तेस्रो चरण हो ।
हटस्पोट, रेड जोन, अरेन्ज जोन र ग्रिन जोन गरेर देशलाई बाँडिएको छ । ग्रिन जोनमा रहेका जनताले लकडाउनमा सबैभन्दा धेरै छुट पाउने छन् । हटस्पोट जोनमा रहेका जनताले कुनै पनि छुट पाउने छैनन् । एरेन्ज जोनमा रहेका जनताले केही छुट पाउने छन् ।

एउटा राज्यबाट अर्को राज्यमा जान मजदूलाई रेलको व्यवस्था गरिएको छ । फसेका मजदूरलाई उद्दार गर्ने रेललाई श्रमिक ट्रेन नाम दिइएको छ । मे १ मा ६ वटा ट्रेन छुटेका थिए ।

भारतीय सेनाले विदेशमा रहेका आफ्ना नागरिकलाई फिर्ता ल्याउन सहयोग गर्न आफ्नो संगठन तयार रहेको जनाएको बीबीसीले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्