कपिलवस्तुको यशोधरा गाउँपालिका र बुद्धभुमि नगरपालिकाका १० जना व्यक्तिहरुमा कोरोना पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमित संख्या १ सय २० पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा थप संक्रमण देखिएको हो । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।