विश्वको दोश्रो पुरानो विमान सेवा टाट पल्टियो: कोभिड-१९ कहर

विश्वको दोश्रो पुरानो विमान सेवा टाट पल्टियो: कोभिड-१९ कहर

कोभिड-१९ महामारीको असर संसार भर परेसँगै विश्व अर्थतन्त्रमा नै यसले नराम्रो प्रभाव पारीरहेको छ । यसको प्रभावले विश्वको दोश्रो सबैभन्दा पुरानो विमान सेवालाई यति नराम्रोसँग प्रहार गर्यो कि अहिले उक्त सेवा टाटपल्टीएको घोषणा गर्न कम्पनी बाध्य भएको छ । कोलम्बियाका विमान सेवा कम्पनी एभियान्सा टाट पल्टेको छ ।
कोभिड–१९ महामारीको अप्रत्याशित असरले टाटपल्टेको घोषणा गर्न बाध्य भएको कम्पनीले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ ।
“आफ्नो एक शताब्दीको इतिहासमा एभियान्सा सबैभन्दा ठूलो चुनौती र सङ्कटको सामना गर्दैछ ।”– कम्पनीका प्रमुख कार्यकारी अधिकृत आन्को भान डर वर्फले बताउनुभएको छ ।
महामारीको निरन्तरताले अनिश्चित बनेको हवाई उडान सेवालाई जोगाउन टाट पल्टेको निर्णय गरेको एभियान्साले जनाएको छ ।
वक्तब्यमा एभियान्सामा २१ हजार कर्मचारी प्रत्यक्ष कार्यरत रहेको खुलाइएको छ। एभियान्साले उडान भर्दै आएको ९० प्रतिशत राष्ट्रमा पूर्ण वा आंशिक प्रतिबन्ध लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्