वुहानका एक करोड दश लाखको कोरोना सङ्क्रमणको परीक्षण गर्ने योजना बनाइँदै

वुहानका एक करोड दश लाखको कोरोना सङ्क्रमणको परीक्षण गर्ने योजना बनाइँदै

काठमाडौँ, वैशाख ३० गते ।

चिनियाँ शहर वुहानका एक करोड दश लाख जनसंख्यामा कोरोनाभाइरस सङ्क्रमणको परीक्षण गर्ने योजना बनाइँदैछ । सरकारी सञ्चारमाध्यमका अनुसार उक्त योजना प्रारम्भिक चरणमा नै रहेको उल्लेख गरेको छ ।

वुहानस्थित सबै जिल्लालाई पत्राचार गरी दश दिनभित्र परीक्षण सम्पन्न गर्ने विस्तृत कार्यविधि तयार गर्न भनिएको छ । बीबीसीका अनुसार पहिलोपटक भाइरसको सङ्क्रमण देखा परेको चीनको वुहानमा करिब महिना दिनपछि छ जना नयाँ सङ्क्रमित फेला परेपछि यस्तो योजना बनाउन थालिएको हो ।

त्यसअघि अप्रिल ३ यता कुनै नयाँ सङ्क्रमित फेला परेको थिएन । ११ सातासम्म पूर्ण लकडाउनमा रहेको वुहान अप्रिल ८ देखि पूर्णरुपमा खुलेको थियो ।
विद्यालय, यातायात, व्यापारिक क्षेत्र सामान्य अवस्थामा फर्किरहँदा संक्रमितको नयाँ गुच्छा फेला परेपछि जनजीवन पुनः लकडाउनकै अवस्थामा धकेलिन पुग्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्