आज दुईजनामा कोरोना संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एक–एक संक्रमित पुष्टि भएका हुन् ।
धुलिखेल अस्पतालमा आज (बुधबार) गरिएको कोरोना परीक्षणमा बाकेका पुरुसमा देखिएको थियो ।
यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट कपिलवस्तुका एक पुरुषमा संक्रमण देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले आज थप दुईजनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा कोरोना संक्रमितका संख्या २१९ पुगेको जानकारी दिए । संक्रमित दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।