नेपालमा आज साँझ थप तीन जनामा कोभिड-१९ संक्रमण देखिएको छ । नयाँ संक्रमण देखिनेहरुमा काठमाडौं दहचोकका ७ वर्षिय बालक, जनकपुरका १७ वर्षिय युवती र धादिङ्गको ३० वर्षिय महिला रहेका छन् । यससँगै नेपालमा कुल संक्रमित संख्या २४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।