जलन ब्यबस्थापन तथा उपचारको सार्क स्तरीय सेमिनार हुँदै

जलन ब्यबस्थापन तथा उपचारको सार्क स्तरीय सेमिनार हुँदै

नेपाल जलन फाउण्डेशन र जनस्वास्थ्य सरोकार ट्रष्ट (कीर्तिपुर अस्पताल)को संयुक्त आयोजना र इडेनबर्ग इन्टरनेशनल कलेज बिराटनगर को प्राबिधिक सहयोगमा जलन ब्यबस्थापन तथा उपचार सम्बन्धि दक्षिण एशियाली (सार्क) स्तरको अनलाइन सेमिनार हुने भएको छ। सार्क राष्ट्रका प्रतिनिधिहरूको सहभागिता रहने उक्त कार्यक्रममा कोरोनाले निम्त्याएको त्रास र विश्वभर भइरहेको लकडाउनको बेलामा आगोले पोलेर हुन सक्ने समस्याको सार्क स्तरमा भइरहेका समाधान र जनस्तरमा अपनाउनु पर्ने साबधानीका बारेमा कार्यपत्र प्रस्तुत गरिनुका साथै सार्क क्षेत्रमा भइरहेका कार्यक्रमका बारेमा समिक्षा तथा अनुभवको आदान प्रदान हुनेछ।
सार्क क्षेत्र भरी भइरहेका सेवा प्रदानका बारेमा सबै सहभागीसंग अन्तरक्रिया गरिने र आगामी दिनमा गर्नु पर्ने कामका बारेमा सबै देशबाट राय सुझाव लिएर त्यसको परिपालना गराउन लागिपर्ने नेपाल जलन फाउण्डेशनका कोषाध्यक्ष हेमन्त ध्वज जोशीले आवर बिराटनगरलाई बताउनु भयो।
सेमिनार यही ज्येष्ठ ३ गते शनिबार बेलुकी ५ बजे अनलाइन मिटिङ प्लेटफर्म जुम मार्फत हुने आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्