भारतमा लकडाउनको अवधि जेठ १८ गते सम्म थप

<span class='c1'>भारतमा लकडाउनको अवधि जेठ</span> <span class='c2'>१८ गते सम्म थप</span>

भारतमा लकडाउनको अवधि जेठ १८ गते (मे ३१) सम्म थप्न निर्णय गरिएको छ ।भारत सरकारले जेठ १८ सम्म देशभर लकडाउन कायम राख्ने निर्णय गरेको हो ।

केही राज्यहरुले लकडाउन खुकुलो गर्नुपर्ने प्रस्ताव गरे पनि प्रधानमन्त्री नरेन्द्र मोदीले विज्ञहरुको सल्लाह अनुसार देशैभर लकडाउन कायम राख्ने निर्णय गर्नुभएको जनाइएको छ ।

यसअघि सशर्त खौल्ने सुविधा दिइएका साना पसल तथा ब्यापारिक प्रतिष्ठानहरु बाहेक अन्य छुट दिइएको छैन ।

लामो दूरीका रेल, मेट्रो, आन्तरिक तथा बाह्य उडानहरुमा रोक यथावत राखिएको छ भने शैक्षिक संस्थाहरु पनि बन्द रहने छन् ।

भारतमा आइतबार रातीदेखि तेस्रो चरणको लकडाउनको अवधि समाप्त हुने भएपछि चौथो चरणको लकडाउन शुरु गरिएको हो ।(एजेन्सी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्