बहराइनमा कोरोना भाइरसबाट संक्रमण हुने नेपालीको संख्या तीन सय ३१ पुगेको छ ।
बहराइनमा फेरि ८६ जना नेपालीमा कोरोना संक्रमण देखिएपछि तीन सय संक्रमित पुगेको हो । ८६ जना नेपालीमा कोरोना संक्रमण फेला परेको बहराइनस्थित नेपाली दूतावासले जनाएको छ ।
बहराइनमा आप्रवासीहरूमा भारत, बंगलादेश, पाकिस्तानपछि नेपाली संक्रमितको संख्या ठूलो रहेको बताइएको छ ।
हालसम्म बहराइनमा कोरोना संक्रमणबाट १२ जनाले ज्यान गुमाएका छन् । त्यस्तै ३ हजार ९ सय ७३ जना संक्रमित उपचारमा छन् २ हजार ७ सय ६२ जना डिस्चार्ज भएका छन् ।