विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ५० लाख नजिक

विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ५० लाख नजिक

विश्वमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ५० लाख नजिक पुगेको छ । बुधबार बिहानसम्म विश्वमा ४९ लाख ८२ हजार ३१५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

संक्रमितमध्ये १९ लाख ५८ हजार ३२५ जना निको भइसकेका छन् । २६ लाख ९९ हजार ४८२ संक्रमितको उपचार भइरहेको छ । यसमध्ये २६ लाख ५४ हजार ४२ को स्वास्थ्य अवस्था मध्यम रहेको छ भने ४५ हजार ४४० को अवस्था गम्भीर रहेको छ ।

नेपालमा हालसम्म ४०२ जनामा कोरोना संक्रमण देखिएको छ । सबैभन्दा धेरै अमेरिकामा १५ लाख ७० हजार ५८३ जनामा संक्रमण देखिएको छ । रुसमा २ लाख ९९ हजार ९४१, स्पेनमा २ लाख ७८ हजार ८०३, ब्राजिलमा २ लाख ७१ हजार ८८५, बेलायतमा २ लाख ४८ हजार ८१८ तथा इटलीमा २ लाख २६ हजार ६९९ जनामा कोरोना संक्रमण देखिसकेको छ ।

चीनको वुहानबाट जनवरीको पहिला हप्ता सुरु भएको यो संक्रमण चीनमा भने करिब नियन्त्रणमा आइसकेको छ । विश्वभर फैलिएको यो संक्रमणका कारण विश्वका धेरै देशमा जोखिम कम गर्न लकडाउन गरिएको छ । सम्पूर्ण आर्थिक क्रियाकलाप ठप्प हुँदा ग्लोवल इकोनोमी ओरालो लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्