रूसी प्रधानमन्त्री मिखाएल मिशुस्तिन कोरोना भाइरसको उपचारपछि काममा फर्किए

रूसी प्रधानमन्त्री मिखाएल मिशुस्तिन कोरोना भाइरसको उपचारपछि काममा फर्किए

रूसी प्रधानमन्त्री मिखाएल मिशुस्तिन कोरोना भाइरस (कोभिड–१९)को उपचारपछि मङ्गलबार काममा फर्किएको रूसी प्रशासन केन्द्र क्रेमलिनले जनाएको छ।

उनले आफुलाई कोरोनाभाइरसको सङ्क्रमण भएको भन्दै गत अप्रिल ३० मा उपचारका लागि नियमित जिम्मेवारीमा उपस्थित हुन नसक्ने जानकारी राष्ट्रपति भ्लादिमिर पुटिनलाई दिएका थिए।

मिशुस्तिन विरामी भएका कारण अनुपस्थित रहँदा उनको जिम्मेवारी राष्ट्रपतिको निर्देशनमा उपप्रधानमन्त्री एनड्रे बेलोउसोभले कार्यबहाक प्रधानमन्त्रीका रूपमा सम्हाल्दै आएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्