विश्व अपडेट : कोरोना भाइरसबाट संक्रमण हुने व्यक्तिको संख्या ५० लाख नाघ्यो

विश्व अपडेट : कोरोना भाइरसबाट संक्रमण हुने व्यक्तिको संख्या ५० लाख नाघ्यो

चीनको बुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण हुने व्यक्तिको संख्या ५० लाख नाघेको छ । विहीबार बिहानसम्म कोरोना संक्रमण विश्वका २१५ देशमा फैलिँदा संक्रमित हुने व्यक्तिको संख्या ५० लाख नाघेको हो ।

हालसम्म यो भाइरस ५० लाख ७९ हजार ८९६ जनामा फैलिसकेको छ । संक्रमित मध्ये २० लाख १९ हजार ९४५ निको भइसकेका छन् ।

२७ लाख ३० हजार ७७० जनाको हाल उपचार भइरहेको छ । यसमध्ये २६ लाख ८४ हजार ९७२ जनाको स्वास्थ्य अवस्था मध्यम रहेको र बाँकी ४५ हजार ७९८ संक्रमित गम्भीर रहेको छ ।

हालसम्म कोरोना संक्रमण भएका ३ लाख ३२ हजार १८१ जनाको मृत्यु भइसकेको छ ।

कोरोना संक्रमण विश्वका विकसित अमेरिका, बेलायत, इटली, स्पेन लगायत देशमा धेरै देखिएको छ । तर कम विकसित भनिएका अफ्रिकी देशमा यसको संक्रमण निकै कम रहेको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बताएका छन् । उनले कोरोना संक्रमणको महामारी फैलिन नदिन अफ्रिकी देशहरुले कसरी काम गरे विकसित देशहरुले सिक्नु पर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्