नयाँदिल्ली । भारतमा पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसको संक्रमणबाट एक सय ३२ जनाको मृत्यु भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै स्थानीय विभिन्न सञ्चारमाध्यमहरूका अनुसार अहिलेसम्म तीन हजार चार सय ३५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना संक्रमितको संख्या एक लाख १२ हजार ३५९ पुगेको छ । भारतमा गएको चौबीस घण्टामा पाँच हजार ६०९ नयाँ संक्रमित थपिएका छन् ।