पछिल्लो २४ घण्टामा विश्वभरमा १ लाख ५ हजार २९४ कोरोना संक्रमित थपिए

<span class='c1'>पछिल्लो २४ घण्टामा विश्वभरमा १ लाख</span> <span class='c2'>५ हजार २९४ कोरोना संक्रमित थपिए</span>

कोरोना संक्रमितको संख्या पछिल्लो २४ घण्टामा अघिल्ला केही हप्ताको तुलनामा बढेको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा १ लाख ५ हजार २९४ कोरोना संक्रमित थपिएका छन् ।

केही हप्ता यता दैनिक थपिने संक्रमितको संख्या १ लाखभन्दा कम रहने गरेको थियो । तर पछिल्लो २४ घण्टामा यो संख्या अघिल्ला दिनहरुको तुलनामा बढेको हो ।

तथ्यांक अनुसार सबैभन्दा धेरै अमेरिकामा २७ हजार २६२ संक्रमित पछिल्लो २४ घण्टामा थपिएका छन् । अमेरिकामा केही हप्तादेखी यो संख्या २० हजारको सेरोफेरोमा थियो ।

ब्राजिलमा १६ हजार ७३०, रुसमा ८ हजार ८४९, भारतमा ६ हजार १९८, पेरुमा ४ हजार ७४९ कोरोना संक्रमित एकै दिन थपिएका छन् ।

हालसम्म विश्वमा संक्रमितको संख्या ५१ लाख ८८ हजार ७०५ पुगिसकेको छ । यसमध्ये २० लाख ७८ हजार ४८७ निको भइसकेका छन् ।

कोरोनाका कारण ३ लाख ३४ हजार ५७ जनाको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्