पाकिस्तानको कराचीमा एउटा यात्रुवाहक विमान दुर्घटना

पाकिस्तानको कराचीमा एउटा यात्रुवाहक विमान दुर्घटना

पाकिस्तानको कराचीमा आन्तरिक उडानमा रहेको एउटा यात्रुवाहक विमान दुर्घटनामा परेको अधिकारीहरूले बताएका छन्।

पाकिस्तान इन्टरन्याश्नल एअरलाइन्सको उक्त विमान ९९ यात्रु र आठ जना चालक दलको सदस्य बोकेर लाहोरबाट आएको र कराची विमानस्थलनजिकै मानवबस्ती रहेको स्थानमा दुर्घटनामा परेको बीबीसी उर्दूले जनाएको छ।

सो विमान दुर्घटनामा परेपछि धुँवाको मुस्लो देखिएको भिडिओ र तस्बिर सामाजिक सञ्जालमा राखिएका छन्।

"कराचीमा विमान दुर्घटनामा परेको छ। हामी यात्रु सङ्ख्य पुष्टि गर्ने प्रयास गर्दैछौँ तर प्रारम्भिक जानकारी अनुसार विमानमा ९९ जना यात्रु र आठ जना चालक दलका सदस्य रहेका थिए," वायुसेवाका प्रवक्ता अब्दुल सत्तारले बताए।

कोरोनाभाइरस महामारीका कारण अवरुद्ध आन्तरिक वायुसेवा दुई महिनापछि भर्खरै सञ्चालनमा आएको थियो।

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार राष्ट्रिय ध्वजावाहक पीआईएको विमान अवतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो।

ए-३२० मोडेलको सो विमान मानवबस्तीमा भएको र घरहरूमा क्षति भएको बताइएपनि जनधनको क्षतिको बारेमा बताएको छैन। बिबिसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्