कोरोना संक्रमित भइ उपचार गराइरहेका थप ९ जना डिस्चार्ज

कोरोना संक्रमित भइ उपचार गराइरहेका थप ९ जना डिस्चार्ज

कोरोना संक्रमित भइ उपचार गराइरहेका थप ९ जना शनिबार साँझ डिस्चार्ज भएका छन् ।

पर्साको वीरगन्जस्थित नारायणी अस्पतालको आइसोलेशनमा उपचाररत ९ जना डिस्चार्ज भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले जानकारी दिए ।

आज डिस्चार्ज हुनेमध्ये बाराका २ जना, रौतहटका ३ जना र पर्साका ३ जना रहेका छन् । यसैगरी एक जना भारतीय नागरिक समेत संक्रमण निको भएर डिस्चार्ज भएका छन् । १९ देखि ५१ वर्षसम्मका उनीहरु सबै पुरुष हुन् ।
यससँगै नेपालमा कोरोना संक्रमण निको भइ निको हुनेको संख्या ७९ जना पुगेको छ ।

यसअघि नै पर्साका ३, रुपन्देहीका १, उदयपुरका २३, बाँकेका २, काठमाडौंका ९, कैलालीका ४, रौतहटका १, बागलुङका २, चितवनका २, झापाका २ तथा भोजपुर र कञ्चनपुरका १–१ जना निको भएर घर फर्किसकेका छन् ।

नेपालमा हालसम्म ५८४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने ३ जनाको मृत्यु समेत भएको छ ।

कोरोनाभाइरसको संक्रमण रोक्न दुई महिनायता देशमा लकडाउन भएपनि संक्रमितको संख्या दिनहुँ बढ्दो क्रममा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्