पछिल्लो २४ घण्टामा विश्वमा करिब १ लाख कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा विश्वमा करिब १ लाख कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा विश्वमा करिब १ लाख कोरोना संक्रमित थपिएका छन् । एकदिनको अवधीमा विश्वका २१५ देशमा ९९ हजार ६८६ कोरोना संक्रमित थपिएका हुन् ।

सबैभन्दा धेरै अमेरिकामा २१ हजार ७५७ संक्रमित २४ घण्टामा थपिएका छन् । सोही अवधीमा ब्राजिलमा १६ हजार ५०८, रुसमा ९ हजार ४३४, भारतमा ६ हजार ६२९, पेरुमा ४ हजार ५६ संक्रमित थपिएका छन् ।

विश्वभरमा संक्रमितको संख्या ५३ लाख ९७ हजार ७७८ पुगेको छ । यसमध्ये २२ लाख ४४ हजार ८३० संक्रमित निको भएका छन् । २८ लाख ९ हजार ३५२ संक्रमित स्वास्थ्यकर्मीको निगरानीमा छन् । यसमध्ये ५३ हजार ५५३ संक्रमितको अवस्था गम्भीर छ । बाँकीको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

पछिल्लो समय अरु देशमा कोरोना संक्रमण विस्तारै नियन्त्रण हुँदै जाँदा ब्राजिल, रुस र भारतमा भने यसको संक्रमण तिव्र गतीमा फैलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्