नेपालमा १९ जना नयाँ संक्रमित थपिए, झापाका थप एक

नेपालमा १९ जना नयाँ संक्रमित थपिए, झापाका थप एक

अपडेट :  आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको मिडिया ब्रिफिङमा मोरङका भनिएका संक्रमित झापाको भएको खुलेको छ । मन्त्रालयको ब्रिफिङमा संक्रमित व्यक्तिको जिल्ला गलत सम्प्रेषण भएको कारण मोरङका भनिएको थियो ।

नेपालमा १९ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६०३ जना पुगेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले झापा एक, बारा दुई, पर्सा दुई, रौतहट एक, सर्लाही एक, रुपन्देही ६, काठमाडौं सोह्रखुट्टेमा एक, नुवाकोट ककनी एक कपिलवस्तु तीन, गुल्मी एक गरी १९ जना थपिएको बताए ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापा बारदशी २ का ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको आइतबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्