प्रधानमन्त्री ओलीद्वारा ईद उल फित्रको शुभकामना, सतर्कता अपनाउन जोड

प्रधानमन्त्री ओलीद्वारा ईद उल फित्रको शुभकामना, सतर्कता अपनाउन जोड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले घरमै बसेर चाड–पर्व मनाउन आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले ईद उल फित्रको शुभकामना दिँदै विश्वव्यापी महामारीको प्रकोपबाट बच्न विशेष सतर्कता अपनाउन जोड दिएका छन् ।

प्रधानमन्त्री ओलीले नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त देश भएको दोहोर्याउँदै यी विशेषता नेपालको बहुआयामिक र मौलिक पुँजी भएको बताएका छन् । एकता र सहिष्णुताको यो पुँजीलाई समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्ने बताएका छन् ।

आज मुस्लिम धर्मावलम्बीहरू ईद उल फित्र मनाइरहेका छन् । अरबी पात्रोको नवौं महिनालाई रमदान भनिन्छ । यस महिनाभर इस्लाम समुदायले बस्ने व्रतलाई रोजा भनिन्छ । रमदान अवधिभर रोजा बसी नमास पढेर महिनाको अन्तिम दिन चन्द्रमा उदाएपछि समापन गर्ने प्रचलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्