भारतमा आजबाट आन्तरिक हवाइ सेवा सुचारु भयो

भारतमा आजबाट आन्तरिक हवाइ सेवा सुचारु भयो

दुई महिनाको लकडाउनपछि आजदेखि भारतमा आन्तरिक हवाइ सेवा सुचारु भएको छ । सेवा सुचारु भएको पहिलो दिन भारतका अधिकांश विमानस्थलहरुमा यात्रुहरूको लामो लाइन तथा अस्तव्यस्तता देखिएको छ ।

स्थानीय मिडियाका अनुसार कम्तिमा १ सयभन्दा बढी उडानहरु रद्द भएका छन् । यद्यपि, धेरै उडानहरु पूर्वनिर्धारित तालिका अनुसार नै सञ्चालन भएका थिए ।

सबैभन्दा बढी कोरोना संक्रमित रहेको महाराष्ट्रले दैनिक ५० वटा उडानमात्र भर्ने निर्णय गरेपछि धेरै उडानहरु रद्द भएका थिए । आफूहरुलाई समयमा नै जानकारी नगराएको भन्दै धेरै यात्रुहरु आक्रोशित बनेका थिए ।

 

धेरैले सामाजिक सञ्जालमा आफ्नो आक्रोश व्यक्त गरेका थिए । लामो समय विमानस्थलमा छिर्न लाइनमा बसेपछि मात्र धेरैले आफ्नो उडान रद्द भएको जानकारी पाएका थिए ।

आन्तरिक उडान सुचारु गर्दा कडा सुरक्षात्मक उपाय अपनाइएको छ । सुरक्षा अधिकारीहरुले हरेक यात्रुको ज्वरो नापेका थिए भने उनीहरुले कोभिड–१९ को ट्रयाकिङ एप आरोग्य सेतु डाउनलोड गरेको सुनिश्चित गरेका थिए । त्यस्तै, उनीहरुको जुत्ता र लगेज डिस्इन्फेक्ट समेत गरिएको थियो ।

भारतमा हालसम्म १ लाख ३८ हजारभन्दा बढी कोरोना संक्रमित फेला परिसकेका छन् । तर, भारतले विस्तारै देशभर लकडाउनलाई खुकुलो बनाउन थालेको छ । भारतले २५ मार्चदेखि लकडाउन सुरु गरेको थियो ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्