विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण हालसम्म ५५ लाख ८६ हजार ९५४ मा देखिसकेको छ । कोरोना संक्रमण सबैभन्दा धेरै अमेरिकामा देखिएको छ ।
संक्रमित मध्ये २३ लाख ६५ हजार ५९६ निको भइसकेका छन् । हाल २८ लाख ७३ हजार ७६४ संक्रमित स्वास्थ्यकर्मीको निगरानीमा छन् ।
यसमध्ये ५३ हजार १६७ संक्रमितको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । चीनको वुहानबाट जनवरीको सुरुमा फैलिएको कोरोना भाइरस अहिले विश्वमा २१५ देशमा पुगिसकेको छ ।