भारतमा पछिल्लाे समय दैनिक संक्रमित संख्या झन् बढ्दै ,४१ सय बढीको मृत्यु

भारतमा पछिल्लाे समय दैनिक संक्रमित संख्या झन् बढ्दै ,४१ सय बढीको मृत्यु

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले भयावह रूप लिएकाे भारतमा पछिल्लाे समय दैनिक संक्रमित संख्या झन् बढ्दै गएकाे छ । भारतमा हरेक दिन मृत्यु हुनेको संख्या र संक्रिमत हुनेको संख्या बढ्दै गएको पाइन्छ ।

विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार भारतमा मंगलबार बिहानसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ४ हजार १७४ पुगेकाे छ भने संक्रमितकाे संख्या १ लाख ४४ हजार ९५० पुगेकाे छ ।

त्यहाँ साेमबार एकैदिनमा ६ हजार ४ सय १४ नयाँ संक्रमित थपिएका छन् भने १४८ जनाकाे मृत्यु भएकाे वर्ल्डो मिटर्सले जनाएकाे छ । संक्रमितमध्ये ६० हजार ७०६ मानिस उपचारपछि निको भएर घर फिर्किएका छन् । भारतमा अहिले ८० हजार भन्दा बढीमा कोरोना भाइरस सक्रिय छ । तीमध्ये ८ हजार ९४४ काे अवस्था गम्भीर रहेकाे छ ।

भारतमा कोरोना संक्रमण व्यापक बन्दै गएसँगै भारत सरकारले पुनः लकडाउनको अवधि २ सातासम्म बढाएको छ । भारतको गृह मन्त्रालयले गत २४ मार्चदेखि लागू गरिएको लकडाउनलाई ३१ मेसम्म जारी राख्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्