बजेट भाषण : खेलकुदका लागि दुई अर्ब ३६ करोड विनियोजन

बजेट भाषण : खेलकुदका लागि दुई अर्ब ३६ करोड विनियोजन

काठमाडौं । सरकारले युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ३६ करोड रकम विनियोजन गरेको छ । बिहीबार अर्थमन्त्री युवराज खतिवडाले अर्थिक वर्ष ०७७र७८ को बजेट प्रस्तुत गर्दै युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब २६ करोड रकम विनियोजन गरेको जनाएको छ ।

 

स्थानीय, प्रादेशिक र राष्ट्रिय स्तरमा सुविधा सम्पन्न खेलकुद पूर्वाधारको निर्माण तथा स्तरोन्नतीको कार्यलाई सुरु गर्न आवश्यक रकम विनियोन गरिएको छ । सबै स्थानीय तहमा खेलग्रामको विकास गर्ने कार्यक्रमलाई जोड दिएको छ । नवौं राष्ट्रिय खेलकुदका लागि खेलकुद पूर्वाधारको कमी भएको कर्णली प्रदेशमा राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिता सञ्चालन हुन सक्नेगरी उच्च पर्वतीय तालिम केन्द्र स्थापना गर्ने र थप कभर्ड हल निर्माण गरिनेछ । कार्यलाई अघि बढाइने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्