इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सिजनका बाँकी खेलहरु १७ जुनदेखि हुने

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सिजनका बाँकी खेलहरु १७ जुनदेखि हुने

कोभिड–१९ महामारीका कारण स्थगित इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत सिजनका बाँकी खेलहरु १७ जुनदेखि सुरु हुने भएका छन् ।

पहिलो दिनको खेलमा म्यानचेस्टर सिटी र आर्सनलबीच प्रतिस्पर्धा हुनेछ । लिगमा कुल ९२ खेल बाँकी छन् र यी सबै खेलको प्रत्यक्ष प्रशारण हुनेछ ।

१७ जुनमा एस्टन भिल्लाले घरेलु मैदानमा सेमिफल्ड युनाइटेडको सामना गर्नेछ भने म्यानचेस्टर सिटी र आर्सनलबीच पनि यही दिन प्रतिस्पर्धा हुनेछ । त्यसपछि १९ जुनमा  लिगका बाँकी खेलहरु  हुनेछन् र त्यसका लागि  प्रिमियर लिग क्लबहरुसँगको छलफलपछि पूर्ण तालिका सार्वजनिक हुनेछ ।

‘प्रिमियर लिग शेयरहोल्डरहरु सबै सुरक्षा मापदण्ड उपलब्ध गराएर १७ जुनदेखि २०१९–२० को सिजन सुचारु गर्नका लागि सहमत भएका छन् ,’ प्रिमियर लिगले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘ इएफए कप फाइनलका कारण सरेको एस्ट भिल्ला र सेफिल्ड युनाइटेड तथा म्यानचेस्टर सिटी र आर्सनलबीचको भिडन्त अब जुन १७ मा हुनेछ । त्यसपछि १९ जुनबाट पूर्ण राउन्ड सुरु हुनेछ ।’

कोभिड १९ का कारण दर्शक बिना नै खाली रंगशालामा खेल सञ्चालन हुनेछ ।

इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको लिभरपुल उपाधि जित्नका लागि केवल २ खेलबाट टाढा छ । लिभरपुलले २९ खेलबाट ८२ अंक जोडेको छ । यो दोस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा २५ अंकले बढी हो । सिटीले लिगमा १० खेल तथा लिभरपुलले ९ खेल खेल्न बाँकी छ ।

बेलायतमा २ लाख  ६९ हजारमा कोभिड–१९ संक्रमण पुष्टि भइसकेको छ र यसमध्ये ३७ हजार ८ सय ३७ जनाले ज्यान गुमाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्