आज थप १७० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि

आज थप १७० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि

आज थप १७० जनामा कोरोनाभाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले आज थप  १७०  जनामा कोरोना संक्रमण देखिएको बताए ।

उनले कुल कोरोना संक्रमितको संख्या एक हजार २१२ पुगेको बताए । आज कोरोना देखिनेमा १६५ पुरुष र ५ महिला रहेको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना भाइरसको आशंकामा पीसीआर विधिबाट ६४ हजाार १५४ वटा नमुना परीक्षण गरिएको उनले जानकारी दिए ।

आरडीटी परीक्षण १ लाख ५ हजार ७६ वटा परीक्षण गरिएको उनले बताए । मन्त्रालयका अनुसार ५२ जिल्लामा कोरोन देखिएको छ । आज सातै प्रदेशका विभिन्न क्वारेन्टाइनमा ९९ हजार ३३६ जना रहेको मन्त्रालयले जनाएको छ । आज थप १९ जनाले कोरोना जितेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्