कोरोना भाइरस निको भएर घर फर्किने संख्या २१९ पुग्यो

कोरोना भाइरस निको भएर घर फर्किने संख्या २१९ पुग्यो

नेपालमा शनिबारसम्म कोरोनाभाइरस निको भएर घर फर्किने संख्या २१९ पुगेको छ।

शनिबार थप १३ जना कोरोना निको भएर घर फर्किसँगै निको हुनेको संख्या २१९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंको बुढानिलकण्ठ र टोखाका २ संक्रमित निको भएर घर फर्किएका छन् । उनीहरु टेकु अस्पतालको आइसोलेशनमा उपचाररत थिए ।

यस्तै बलम्बुस्थित कोभिड युनिफइाड अस्पतालबाट ९ जना डिस्चार्ज भएका छन् । उनीहरु विभिन्न जिल्ला स्थायी ठेगाना भइ काठमाडौंमा बस्दै आएकाहरु हुन् ।

यस्तै अछाम जिल्ला भइ बाँकेमा रहँदै आएका पुरुष पनि डिस्चार्ज भएका छन् । यस्तै रुकुम घर भइ ललितपुर अस्थायी ठेगाना भएका पुरुष पनि निको भएका छन् ।
हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १४०१ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्