नेपालमा लकडाउन थपियो, प्रभावकारि निति अभावमा संक्रमण तिब्र

नेपालमा लकडाउन थपियो, प्रभावकारि निति अभावमा संक्रमण तिब्र

मन्त्रिपरिषद्काे शनिबार बसेकाे बैठकले हाल जारी रहेको लकडाउन जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ।

काेराेना भाइरस राेकथामका लागि चैत ११ गतेदेखि लागु भएको लकडाउनलाई जेठ ३२ गतेसम्म निरन्तरता दिने निर्णय गरेकाे हाे।
यद्यपि लकडाउनमा प्रभावकारिता नहुदा र भारत नेपाल सिमामा नियन्त्रण नहुदा पछिल्लो समयमा नेपालमा संक्रमण तिब्र रुपमा फैलिरहेको छ ।

नेपालमा हालसम्म काेराेना संक्रमितकाे कुल संख्या १ हजार ४ सय १ पुगेकाे छ भने यसबाट ७ जनाको मृत्यु भइसकेको छ। यसै गरी २ सय १९ जना संक्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन्। अधिकांश मृतकमा कोरोना परीक्षण मृत्यु पछि मात्र भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्