नोभेल कोरोना भाइरसका थप २८८ संक्रमित थपिए

नोभेल कोरोना भाइरसका थप २८८ संक्रमित थपिए

नोभेल कोरोना भाइरसका २८८ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २८८ कोरोना संक्रमित थपिएका छन् ।

मंगलबा थपिएका कोरोना संक्रमितमध्ये २७० पुरुष रहेका छन् भने १८ जना महिला रहेका छन् ।

हालसम्म देशभरका ७७ मध्ये ६१ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । हालसम्म कुल कोरोना संक्रमितको संख्या दुई हजार ९९ पुगेको छ।

पछिल्लो समयमा कोरोना भाइरस जित्नेको संख्या ४५ जना रहेको छ ।  देशभरका विभिन्‍न जिल्लाबाट २६६ जना कोरोना संक्रमितको उपचारपछि डिस्चार्ज गरिएका छन् । जसमा २१२ पुरुष रहेका छन् भने ५४ जना महिला रहेका छन् ।

हालसम्म देशभरका क्‍वारेन्टाइनमा एक लाख ४५ हजार ३७५ मानिसहरु रहेका छन् । क्‍वारेन्टाइनमा रहेका धेरै मानिसहरु भारतबाट आएका रहेका छन् ।

हालसम्म देशभर एक हजार ८२५ जना कोरोना संक्रमितहरुको आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।

७५ हजार ३४३ को पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । त्यसैगरी १ लाख १६ हजर ३४५ जनाको आरडीटी परीक्षण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्