नोभेल कोरोना भाइरसका थप ३३४ संक्रमित थपिए

नोभेल कोरोना भाइरसका थप ३३४ संक्रमित थपिए

नोभेल कोरोना भाइरसका ३३४ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा देशभर ३३४ संक्रमित थपिएका छन् ।

हालसम्म देशभर पीसीआर विधिबाट ८४ हजार १३४ जनाको कोरोना परीक्षण गरिएको छ । त्यसैगरी एक लाख २५ हजार ५६४ जनाको आरडीटी विधिबाट कोरोना परीक्षण गरिएको छ ।

देशभरका विभिन्‍न अस्पतालका आइसोलेनसमा दुई हजार ३३५ कोरोना संक्रमितको उपचार भइरहेको छ ।

हालसम्म देशभरका विभिन्‍न अस्पतालबाट २९० जना कोरोना संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । जसमध्ये २३४ पुरुष रहेका छन् भने ५६ जना महिला रहेका छन् ।

पछिल्लो २४ घण्टामा १२ जना संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्