आजदेखि विदेशमा अलपत्र परेका नेपालीहरुलाई नेपाल ल्याइदै

आजदेखि विदेशमा अलपत्र परेका नेपालीहरुलाई नेपाल ल्याइदै

सरकारले विदेशमा अलपत्र परेका नेपालीहरुलाई प्राथमिकताका आधारमा शुक्रबार (आज) बाट उद्धार सुरु गर्दैछ ।

शुक्रबार संयुक्त अरब इमिरेट्स (युएई) र म्यानमारबाट ३०० को हाराहारीमा नेपालीहरुलाई स्वदेश ल्याइँदैछ ।

यसरी उद्धार गरिएकाहरुलाई काठमाडौंको चक्रपथ आसपासका पार्टी प्यालेसहरूमा प्रदेशगतरूपले कम्तीमा एउटा ‘होल्डिङ सेन्टर’मा राख्ने व्यवस्था मिलाइएको छ ।

कोरोना महामारीकाबीच विभिन्न मुलुकहरुबाट उद्धार गरी ल्याइने नेपालीहरुमा वाग्मती प्रदेशकालाई काठमाडौंको वसुन्धरामा रहेको यती पार्टी प्यालेसमा राख्ने व्यवस्था मिलाइएको छ ।

गण्डकी प्रदेशका लागि वसुन्धारामा रहको स्काई जोन पार्टी प्यालेस छानिएको छ ।

यस्तै, भक्तपुरमा रहेको पार्टी प्यालेसमा भने प्रदेश नम्बर–१ र २ का लाई राखिनेछ ।

यता, प्रदेश नम्बर–५ का लागि कुण्डलिनी दरबार ब्यांकेटलाई होल्डिङ एरिया तोकिएको छ ।

प्रदेश नम्बर–६ का लागि ललिपुरको महालक्ष्मीस्थानमा रहेको मण्डला हाउस पार्टी प्यालेसलाई छानिएको छ ।

प्रदेश नम्बर–७ का लागि भने सिद्धार्थ पार्टी प्यालेस तय भएको छ ।

वैकल्पिकस्थलको रुपमा काठमाडौंको मिराकल पार्टी प्यालेस र ललितपुरको डिलाइट पार्टी भेन्यु छानिएको छ ।

काठमाडौं जिल्ला प्रशासन र उच्चस्तरीय समन्वय समिति तथा नेपाली सेनाको रोहबरमा विदेशबाट उद्धार गरिएकाहरुलाई राख्न पार्टी प्यालेसलाई होल्डिङ क्षेत्रका रुपमा प्रयोग गर्ने तय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्